Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

अब ओलीले यसरी गर्ने भए वार की पार, पर्सी भित्रै हुने भयो यस्तो चमत्कार 

अब ओलीले यसरी गर्ने भए वार की पार, पर्सी भित्रै हुने भयो यस्तो चमत्कार 


  • 8.0K
    Shares

    अब ओलीले यसरी गर्ने भए वार की पार, पर्सी भित्रै हुने भयो यस्तो चमत्कार 
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी, नेपालले अघि सारेका माग प्याकेजमै सहमति गर्ने मुडमा पुगेका छन् ।

    स्रोतका अनुसार यसअघि सत्तारूढ नेकपा (एमाले) र जसपा नेपालका नेताहरुबीच भएका पटक पटकका छलफलको निश्कर्षअनुसार नै प्रधानमन्त्री ओली जसपाका माग पूरा गर्नेगरि अघि बढेका छन् । सत्ता संकटमा परेपछि प्रधानमन्त्री ओलीले सत्ता सहकार्यको लागि जसपाका नेताहरुसँगको छलफललाई अघि बढाएका थिए ।

    सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको नामको आधिकारिकताको विवाद टुँगो लगाएर ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पनि ब्युँतिएका हुन् ।

    नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन अझैसम्म पनि फिर्ता लिएको छैन् । प्रधानमन्त्री ओलीले आफू अहिलेपनि बहुमतमा रहेकोले विश्वासको मत लिन तत्काल जरुरी नभएको बताउँदै आएका छन् । उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफूले संसद्बाट विश्वासको मत लिने पनि प्रधानमन्त्री ओलीको भनाई बाहिर आईसकेको छ ।

    यो बीचमा प्रधानमन्त्री ओलीलाई हटाएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबीच सहकार्य गर्नेबारे पनि छलफल भएका छन् । जसपा अहिले सत्ता समिकरणमा निर्णायक शक्ति बनेको छ । जसपाभित्र पनि दुई धार देखिएको छ ।

    यो धारले प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा लविङ गरेको छ भने अर्को धार प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताबाट विस्थापित गर्नुपर्ने पक्षमा छ । पहिलो धारको नेतृत्व अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका छन् भने दोस्रो धारको नेतृत्व अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गरेका छन् । जसपाभित्रको आन्तरिक किचलो र विवादका कारण पार्टीको केन्द्रीइ कार्यकारिणी समितिको बैठकसमेत प्रभावित बनेको छ।

    तर, जसपामा यतिवेला सांसदहरुको गणित हेर्दा ठाकुर–महतोको नै पल्ला भारी छ । त्यही भएर उनीहरु प्रधानमन्त्री ओलीसँग नै बढि छलफल र परामर्शमा छन् । जसपानिकट उच्च स्रोतले जनाएअनुसार प्रधानमन्त्री ओली उनीहरुले उठाएका सबै माग पूरा गर्नेगरि अघि बढेका छन् । जसपा नेपालले रेशम चौधरीको रिहाई, मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक र बन्दीहरुको रिहाईको माग राखेको छ । यी चारवटै माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । स्रोतले दिएको जानकारीअनुसार जसपाका माग पूरा गर्न सरकार सकारात्मक रहेको र यही चैत्र १० गतेभित्र नै सहमति हुने सम्भावना बढेको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १६:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij