२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) दिउँसो बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा दलका दोस्रो तहका नेताहरुले बोल्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा परराष्ट्रमन्त्री समेत रहेका एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाण, माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल, जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव बोल्ने कार्यसूची रहेको छ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीकाका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनलगायतले बोल्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेपछि फागुन २३, २६, चैत ३ गते संसदको बैठक बसेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij