Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव पक्षका यी आठ सांसद ओलीको बैठकमा पुगे, माधव-झलनाथलाई आईलाग्यो यस्तो संकट 

माधव पक्षका यी आठ सांसद ओलीको बैठकमा पुगे, माधव-झलनाथलाई आईलाग्यो यस्तो संकट 


  • 9.1K
    Shares

    माधव पक्षका यी आठ सांसद ओलीको बैठकमा पुगे, माधव-झलनाथलाई आईलाग्यो यस्तो संकट 

    नेकपा एमालेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन गरेको छ।

    बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले २७ सदस्यीय बोर्ड समिति गठन गर्दै २४ जना मनोनित गरेको छ। बोर्डमा बैठकमै नभएका झलनाथ खनाल र माधवकुमार नेपाललाई सदस्यमा राखिएको छ। सदस्य भए पछि जानै पर्ने बाध्यता नगए आफै सदस्य रहेको बोर्डको कारबाही भोग्नु पर्ने भएपछि दुवै नेतालाई संकट थपिएको छ। 

    त्यसैगरी दलका उपनेता सुवास नेम्वाङ, विशाल भट्टराई, खिमलाल भट्टराई, शान्ता चौधरी, राधा ज्ञवाली, विन्दा पाण्डे, विद्या भट्टराई, खेम लोहनी, रेखा झा, दमोदर भण्डारी, छविलाल विश्वकर्मा, शेरबहादुर तामाङ, सरिता न्यौपाने, रघुवीर महासेठ, भुपेन्द्र थापा, सुमन प्याकुरेल, विमला पौडेल राई, बिमला विक, राजेन्द्र राई, मोहन बानियाँ, नारादमुनि राना छन्।

    तीन जना सदस्यलाई पछि मनोनयन गरिने सांसद महेश बस्नेतले बताए।

    बैठकमा माधव नेपाल समूहका सांसदहरु लालबाबु पण्डित, तुलसी  थापा, नन्दा चापागाईं, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा सहभागी भएको अध्यक्ष केपी ओली पक्षका नेता महेश बस्नेतले दावी गरेका छन्।

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १४:१३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij