Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

माधव नेपालको निर्णय पछि उनकै पक्षका सांसदले उनैलाई दिए यसरी दनक, ओलीलाई भयो फाइदा

माधव नेपालको निर्णय पछि उनकै पक्षका सांसदले उनैलाई दिए यसरी दनक, ओलीलाई भयो फाइदा


  • 8.1K
    Shares

    माधव नेपालको निर्णय पछि उनकै पक्षका सांसदले उनैलाई दिए यसरी दनक, ओलीलाई भयो फाइदा
    images

    काठमाडौं । संसदीय दलको बैठकमा मुख्य नेता नजाने तर अरु सांसद जाने निर्णयप्रति एमालेको माधव नेपाल पक्षका सांसदहरू असन्तुष्ट बनेका छन् । उनीहरूले कुन मुख लिएर बालुवाटार जाने ? भन्दै नेताहरूसँग असहमति प्रकट गरेका छन् ।

    दलको बैठक बहिष्कार गर्ने भनेर एकाएक केही सांसदलाई जाऊ भन्नु पराजित मानसिकता भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् । उनीहरूले दलको बैठकमा भाग लिने हो भने झलनाथ खनाल, माधव नेपालसहित सबै नेताहरू जानुपर्ने बताएका छन् ।

    मुख्य नेताबाहेक अरु सांसद दलको बैठकमा जाने निर्णयप्रति आफू सहमत नरहेको सांसद तथा केन्द्रीय सदस्य झपट रावलले बताए । उनले हरेक सांसदको आफ्नो आत्मसम्मान हुने भन्दै पराजित मानसिकता बोकेर जानुको औचित्य नरहेको बताए ।

    रावलले भने, ‘हामीले व्यक्ति केपी ओलीको विरोध गरेको होइन । पद्धति र प्रवृत्तिको सन्दर्भमा लडेको हो भने पराजित मानसिकता किन ? मुख्य नेताहरू जानुहुन्छ भने म पनि जान्छु नत्र जान्न भन्देको छु ।’

    अन्य सांसदहरुले पनि नेताहरूलाई भेटेर र फोनमा समेत असन्तुष्टि जनाएका छन् ।

    समानुपातिकतर्फका सांसदहरू भने बैठकमा भाग लिन बालुवाटार पुगेका छन् । केही प्रत्यक्ष निर्वाचित सांसदहरू पनि गएका छन् ।

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १२:३९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij