२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षले आज (बिहीबार) ११ बजे आफू पक्षीय सांसदहरुको बैठक बोलाएको छ ।
कार्यकर्ता भेला भइरहेको स्थान ललितपुरको होटल हेरिटेजमा सांसदहरुको बैठक बोलाइएको नेपाल पक्षका नेता विष्णु रिजालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहान ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । ओलीले बोलाएको संसदीय बैठकअघि नै खनाल-नेपाल पक्षले सांसदहरुलाई बोलाएको हो ।
खनाल-नेपाल पक्षले भने ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा नजाने बताएको छ । एमालेको नेपाल समूहका नेताहरूले संसदीय दलको बैठकबारे जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने बताएका हुन् ।
नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाहा पाउँदापाउँदै संसदीय दलको बैठक बोलाइएकोले आफूहरू उपस्थित हुन नसक्ने बताएका छन् ।
बुधबारदेखि सुरु भएको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज (बिहीबार) सकिँदै छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij