Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पीडित-पीडित एक ठाउँमा आयौं भन्दै माधव नेपालले ओलीको काडे उछितो र यसरी सुनाए ओली पुराण

पीडित-पीडित एक ठाउँमा आयौं भन्दै माधव नेपालले ओलीको काडे उछितो र यसरी सुनाए ओली पुराण


  • 9.7K
    Shares

    पीडित-पीडित एक ठाउँमा आयौं भन्दै माधव नेपालले ओलीको काडे उछितो र यसरी सुनाए ओली पुराण

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले घरमा गम्भीरस्थित सिर्जना भएको बताएका छन्।

    कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दा नै पार्टीमा विग्रह सुरु गरेको आरोप लगाए।  

    वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरू विगतदेखि नै पेलाइमा पर्दै आएको गुनासो गरेका छन् । एमालेमा पहिलेदेखि अहिलेसम्म पीडित बनेकाहरु आज एक ठाउँमा आएको उनले बताए ।

    आज आफ्नो समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा नेता नेपालले ओलीमाथि प्रहार केन्द्रित गरेका थिए । उनले ओलीले निरन्तर तानाशाही प्रवृत्ति देखाएको र विधानविपरीत काम गर्दै आएको बताए ।

    नेपालले भने, ‘उहाँले मदन भण्डारी फाउन्डेसनको नामबाट गुटको शुरूआत गर्नुभएको हो । हामीसँग धेरै पुराना नेताहरू हुनुहुन्छ । त्यसबेलादेखि तपाईंहरु पनि पीडित, हामी पनि पीडित । पीडित-पीडित एक ठाउँमा भेला भएका छौं । हामी सबैको पीडा, व्यथा समान छ । मारमुंग्री खानेदेखि अपमान सहनेसम्म भुक्तभोगी तपाईंहरु हुनुहुन्छ ।’

    पार्टीलाई विधिसम्मत चलाउने भन्दा जसरी पनि आफ्नो प्रभूत्व कायम गर्न ओली उद्यत रहेको नेपालले बताए ।

    उनले भने, ‘नेकपा एमालेमा अहिले ८ जना सचिवालयमा छन् । त्यसमध्ये ४ जना हाम्रो विचार समूहका हुनुहुन्छ । त्यो उहाँलाई पच्दै पचेन । सुन्नुभयो नि, उहाँ भन्नुहुन्छ कि म अल्पमतमा पर्ने गल्ती गर्दै गर्दिनँ । उहाँ विधि प्रकृति होइन, अल्पमत बहुमतको मात्रै कुरा गर्नुहुन्छ ।’

    नेपालले ओलीलाई कुस्ती खेल्ने पहलमानसँग तुलना गरे ।

    ‘दुई पहलमान कुस्तीमा उत्रिएछन् । एउटाले हारेछ । हारेर उत्तानो भएपछि पनि खुट्टा उचालेर भन्छ- मेरो एउटा खुट्टा माथि नै छ, जित मेरो भयो । हो, त्यस्तो खालको मान्छे हो केपी ओली ।’

    नेपालले दुई दिनअघि धुम्बाराहीमा बसेको वैठकको प्रसंग पनि रमाइलोसँग सुनाए ।

    ‘मलाई फोन गरेर भन्नुभयो बालुवाटार आउनुस, भेटौं । मैले भने- म बालुवाटार आउँदिन । उहाँले भन्नुभयो( म पनि बाहिर जान मिल्दैन । मैले भनेँ- तपाईं बाहिर जान मिल्दैन, म बालुवाटार आउन मिल्दैन भने भेट हुँदैन हाम्रो । होइन भेट्न त भेटौं भन्नुभयो । त्यसपछि मैले भने- पार्टी अफिस धुम्बाराहीमा भेटौं । उहाँ तयार हुनुभयो । फेरि मैले भने – म एक्लै त भेट्दिन । एक्लै गएँ भने मलाई नानाथरि कुरा गरेर फस्लाङफुस्लुङ पार्नुहुन्छ भन्ने थाहा थियो । उहाँले भन्नुभयो- पाँचजना लिएर आउनुस् । त्यसपछि बल्ल बैठक भयो ।’

    बैठकमा ओलीले पुरानै दम्भ देखाएकाले निष्कर्षमा पुग्न नसकेको नेपालले बताए ।

    ‘हामीलाई ४(५ गतेको भेला फिर्ता लिन भन्नुभयो । हामीले त्यसो भए २८ गतेको बैठकको निर्णय रद्द गर्नुस् भन्यौं । उहाँ त्यसमा तयार हुनुभएन । अझै पनि उहाँमा दम्भ देखियो ।’

    आजको कार्यकर्ता भेला रोक्न ओलीका ‘साइबर स्याल’ सक्रिय बने पनि सफल नभएको नेपालले बताए ।

    उनले भने, ‘एउटा विज्ञप्ति योगेश भट्टराईको नाममा निकालेछन् । मैले पनि हेरेँ । छक्क परेँ । हस्ताक्षर सक्कली छ, विज्ञप्ति नक्कली । त्यसै मान्छेले भनेका होइन रहेछन्, साइबर स्यालहरू अहिले पनि ज्यूँदै छन् भनेर । हिजो नेकपा हुँदा मात्रै थिए होला भनेको त नेकपा एमालेले पुनर्जिवन पाएपछि पनि सक्रिय रहेछन् । साइबर स्यालदेखि होसियार ।’


    पुराना कम्युनिष्ट नेता सिद्धिलाल श्रेष्ठ लगायतका नेतालाई साक्षी राखेर माधव नेपालले पुराना नेताहरु राधाकृष्ण मैनाली, मुकुन्द न्यौपाने लगायतले ओलीका बारेको व्यवहार र कार्यशैलीबारे सुनाउन सक्ने बताए।

    "अहिले वितण्डाको जिम्मेवार एमाले अध्यक्ष रहेका ओली हुन्। उहाँले गरेका वितण्डाहरुको बारेमा हामीसँग एक भारी प्रमाण छ ।"

    भेलालाई सम्बोधन गर्दै आफूहरुले समातेको बाटो सहि दिशा तर्फ अघि बढेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले "गुट भेलाु"नगर्न चेतावनी दिँदा दिँदै आयोजना गरिएको सभामा उनले आफूहरु ध्वंस गर्नका लागि होइन निर्माण गर्नका लागि अघि बढेको बताए।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १५:५४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij