२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनाउन हालका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन्।
एमाले माओवादीको गठबन्धन नबन्दै भत्किने स्थिति बनेपछि निर्णायक भूमिकामा रहेका नेपाललाई संसदको बाँकी समयमा प्रधानमन्त्रीको कार्यकाल बाँड्ने सहमति दाहाल र ओलीले गरेका हुन्। कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता सहकार्य गर्दा ओली र दाहालबीच मात्रै बाँकी समय प्रधानमन्त्री हुने समझदारी भएको थियो।
केन्द्रमा मात्रै नभइ केही प्रदेशमा समेत सरकार गठनका लागि समाजवादी निर्णायक भएपछि वैकल्पिक गठबन्धन बन्न नदिन ओली र दाहाल नेपाललाई प्रधानमन्त्री बनाउन तयार भएका हुन्। बुधबार मन्त्रीहरुको शपथ ग्रहणअघि तीन दलका शीर्ष नेताहरुबीच बालुवाटारमा नेपाल दाहालपछि प्रधानमन्त्री हुने गरी कार्यकाल बाँडिएको विशेष स्रोतले बतायो।
स्रोतले भन्यो, ‘उहाँहरुबीच सरकारको नेतृत्व गर्ने विषयमा कुरा मिलेको छ। अबको एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री रहनुहुन्छ। त्यसपछि नेपालले सरकारको नेतृत्व गर्ने समझदारी भएको छ।’
कांग्रेस-माओवादी गठबन्धनमा पनि नेपालले एक वर्ष प्रधानमन्त्री पाउने सहमति भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij