Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

पूर्वमा प्रचण्डलाई छोड्नेको लाग्यो यसरी लावालस्कर, ओलीको दौराको फेर समात्ने बढेको बढ्यै 

पूर्वमा प्रचण्डलाई छोड्नेको लाग्यो यसरी लावालस्कर, ओलीको दौराको फेर समात्ने बढेको बढ्यै 


  • 8.2K
    Shares

    पूर्वमा प्रचण्डलाई छोड्नेको लाग्यो यसरी लावालस्कर, ओलीको दौराको फेर समात्ने बढेको बढ्यै 

    काठमाडौं । पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगु नेकपा एमाले प्रवेश गरेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि एमाले प्रवेश गरेका जबेगु संविधानसभा सदस्य समेत हुन ।

    उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद थिए । जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षि बिकास राज्यमन्त्री थिए ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनु अगाडि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका जबेगु पार्टी एकतापछि जिम्मेवारी विहीन थिए । एकताको क्रममा कुनै पनि जिम्मेवारी नदिइएपछि असन्तुष्ट रहेका जबेगुले भने– ‘पार्टी एकतापछिको यो समयसम्म कुनै पनि जिम्मेवारी दिइएन । पार्टी नेतृत्वले यो कारण कारवाही गरियो पनि भनेन त्यसैले पार्टी परित्यग गरे ।’

    पार्टीले पहिले नेकपा एमालेलाई जुन दृष्टिकोणबाट हेर्ने गरेको थियो त्यो पार्टी एकताको क्रममा सकियो, त्यसैले एमाले र माओवादी जता रहेर पनि जनताको काम गर्न सकिन्छ भन्ने मेरो बुझाइ हो, उनले भने ।

    जबेगुले माओवादी केन्द्र निकट लिम्बुवान मुक्ति मोर्चाको अध्यक्षको रुपमा तीन कार्यकाल नेतृत्व गरेका थिए । एमाले प्रवेश गरेका जबेगुको जिम्मेवारीबारे एमालेले निर्णय गरिसकेको छैन । उता ताप्लेजुङ्गका चर्चित माओवादी नेता टंक आङ्गबुहाङ्ग पनि एमाले प्रवेश गरिसकेका छन्। उनी प्रदेश १ को माओवादी संसदीय दलका नेता समेत थिए।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १३:४०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij