Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

माधव नेपाल समुहको भेला नसकिदै भेलालाई तितरबितर पार्न ओलीले खोल्दैछन् यस्तो फायर 

माधव नेपाल समुहको भेला नसकिदै भेलालाई तितरबितर पार्न ओलीले खोल्दैछन् यस्तो फायर 


  • 15.1K
    Shares

    माधव नेपाल समुहको भेला नसकिदै भेलालाई तितरबितर पार्न ओलीले खोल्दैछन् यस्तो फायर 
    images

    अन्तत: नेकपा एमाले फुटको नजिक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुनमा बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर विधानको बाधा अड्काउ फुकाएर अध्यक्ष र महासचिवबाहेक पदाधिकारी र स्थायी कमिटी खारेज गरेपछि विवाद चर्किएको हो । अब त्यसैको आडमा ओलीले कारवाहीको डण्डा बर्साउने भएका छन्। 

    २८ फागुनको निर्णय फिर्ता लिन नेपाल समूहले राखेको प्रस्ताव ओलीले अस्वीकार गरेका छन् । उनले ७ फागुनमा केन्द्रीय कमिटी बैठक डाकेका छन् । त्यसमा नेपाल-खनाल समूहका नेताहरु सहभागी नहुने अवस्था देखिएको छ ।

    आज नेपाल र खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला डाकेको छ । सानेपास्थित पार्टी प्यालेसमा आज र भोलि भेला राखेको हो । यो भेलाप्रति ओली समूह असन्तुष्ट छ । ओलीले नेपाल-खनाल समूहका नेताहरुमाथि कारबाहीको चेतावनी दिएका छन् । नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही भोग्न तयार रहेको बताइसकेका छन् ।

    एकले अर्कामाथि कारबाहीको चेतावनी दिएपछि एमाले फुटको संघारमा पुगेको छ । एमालेभित्र ९औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटीमा नेपाल खनाल समूहको बहुमत थियो । केन्द्रीय कमिटीमा भने ओली झीनो मतले बहुमतमा थिए ।

    यसैगरी, संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल-खनाल समूहमा ३५ को हाराहारीमा छन् । बाँकी सांसद तटस्थ भूमिकामा छन् । केन्द्रीय कमिटी र संसदीय दलको अंकगणितले निकै अर्थ राख्ने देखिन्छ । यसकारण दुवै समूह केन्द्रीय सदस्य र सांसदहरुलाई तान्न लागेका छन् ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १२:१९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij