Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्ड–ओली गठबन्धन कति सम्भव ?

प्रचण्ड–ओली गठबन्धन कति सम्भव ?


  • 4.9K
    Shares

    प्रचण्ड–ओली गठबन्धन कति सम्भव ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार नयाँ गठबन्धन’bout छलफल भएको छ ।

    सत्तारूढ नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा चलिरहेको छ । सत्तारूढ गठबन्धनको ’boutमा समेत महासमिति बैठकमा छलफल जारी रहेको र गठबन्धनलाई नै प्रभावित गर्नसक्ने बुझाइमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनका लागि एमालेसँग छलफल थालेका बताइएको छ ।

    अहिलेको सत्तारूढ गठबन्धनका ’boutमा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुनथालेको छ ।

    कांग्रेसले निर्वाचनपछि सरकारको नेतृत्व गर्न आलटाल गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेर प्रधानमन्त्री भएका थिए । ‘कांग्रेस महासमिति बैठकमा भइरहेको छलफलले त्रसित प्रचण्डले आफ्नो कुर्सी सुरक्षित गर्न पुनः एमालेसँग हिमचिम बढाएको हुनसक्छ,’ एमालेका एक पदाधिकारीले भने ।

    संघीय र प्रदेश सरकार कुनैमा पनि नभएको एमाले राजनीतिक नियुक्तिलगायतका विभिन्न अवसरबाट वञ्चित हँुदै आएको छ । सोही कारण एमालेले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन खोजेको र सरकारमा हिस्सेदार बन्न खोजेको छ । कांग्रेस महासमिति बैठकमा गठबन्धन नै भत्किनेगरी भइरहेको छलफलका बीच ओलीले त्यसलाई अवसरका रूपमा लिएका छन् भने प्रचण्डले आफू नेतृत्वको सरकार जोगाउन एमालेसँग नजिकिएका हुन् ।

    एमाले र माओवादी दुवै पार्टीमा रहेका एक समूहले कम्युनिस्ट पार्टीबीचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिइङ गर्दै आएका छन् । सत्ता स्वार्थका कारण अलग भएका कम्युनिस्ट पार्टी अहिले पुनः सत्ता स्वार्थकै कारण मिल्न खोजेको टिप्पणीसमेत भइरहेको छ । यसअघिसमेत प्रचण्ड र ओलीबीच भेटघाट हुँदा गठबन्धनको हेरफेरका ’boutमा छलफल हुँदै आएको छ ।

    एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनलगायतका नेताले वाम एकताका कुरा उठाउँदै आएका छन् । कतिपयले भारतमा हुने सन् २०२४ को निर्वाचनअघि भारतीयले अहिलेको सत्तारूढ गठबन्धन चलाउन नचाहेकै अवस्थामा चीनले भारतको निर्वाचनअघि नै कम्युनिस्टहरूबीच एकता गराई अहिलेको सत्तारूढ गठबन्धन टुटाउन खोजेको छ ।

    प्रचण्ड र ओलीबीच नयाँ गठबन्धन’bout छलफल भएको भए पनि बालुवाटार स्रोतले भने त्यसलाई अस्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकलाई टुंगो लगाउने लगायतका ’boutमा छलफल भएको दाबी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०८० बुधवार - ०५:१५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij