२०८२ माघ ७ गते बुधवार
काठमाडौ। नेकपा (एमाले)को पार्टी कार्यालय धुम्बाराहीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एमालेका दुवै पक्षबीच ११ बजे पार्टी कार्यालयमा छलफल हुने भएपछि त्यस वरपर सुरक्षा व्यवस्था कडा पारिएको हो।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेलसहितका नेताहरूबीच छलफल हुनेछ। छलफलमा नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली पनि सहभागी हुनेछन्।
धुम्बाराहीको सुरक्षाका लागि प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरेको छ। एमाले कार्यालय र बैठक कक्षको सुरक्षा थप मजबुत बनाइएको प्रहरीले जनाएको छ।
केही महिनाअघि नेकपामा आएको विवादसँगै प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच संवादहीनता थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij