Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

कांग्रेस—माओवादी–जसपा गठबन्धन अन्योलमा

कांग्रेस—माओवादी–जसपा गठबन्धन अन्योलमा


  • 8.0K
    Shares

    कांग्रेस—माओवादी–जसपा गठबन्धन अन्योलमा
    images

    संसद पुनःस्थापनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढ बाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन ।

    एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपा खारेज गर्ने सर्वोच्चको फैसलासँगै बदलिएको राजनीतिक वातावरणकै बीच दल नयाँ सत्ता गठबन्धनको प्रयासमा जुट्दै आइरहेका हुन् । तर उनीहरूको प्रयासले सार्थकता पाउन सकेको छैन ।

    संसद्को दोस्रो ठूलो दल कांग्रेस पछिल्ला दिनमा एकमतका साथ दृश्यमा देखिन थालेको छ भने तेस्रो भूमिकामा रहेको माओवादी केन्द्रसमेत वर्तमान सरकारको विकल्प खोज्ने गरी अघि बढिरहेको छ । तर संसद्मा चौथौं भूमिकामा स्थापित जनता समाजवादी पार्टीभित्र भने सरकारको विकल्प खोज्ने कि ओली नेतृत्वको सरकारलाई नै सघाएर अघि बढ्ने भन्नेमा अन्योल छ ।

    अन्योलकै बीचमा कांग्रेस, माओवादी र जसपा गरी तीन दलका बीचमा नयाँ सत्ता गठबन्धन गर्न भन्दै औपचारिक छलफल र संवाद पनि जारी नै छन् । यी तीन दलबीचको छलफल र संवादले भने निर्णायक गति लिन सकिरहेका छैनन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वबाट प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न र नयाँ सरकारको नेतृत्व गर्न तयार भएको छ । कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला समूह सरकारको नेतृत्वका लागि सभापति देउवालाई अघि सार्ने निर्णयसहित अघि बढेपछि देउवासमेत सरकारको नेतृत्व गर्न तयार भएका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - ०६:५१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij