Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

ओलीले फोन गर्लान् भनेर बसेका माधव नेपालले हिस्रिक्क पर्दै सुनाए यस्ता बिलौना 

ओलीले फोन गर्लान् भनेर बसेका माधव नेपालले हिस्रिक्क पर्दै सुनाए यस्ता बिलौना 


  • 9.8K
    Shares

    ओलीले फोन गर्लान् भनेर बसेका माधव नेपालले हिस्रिक्क पर्दै सुनाए यस्ता बिलौना 
    images

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अब मिलेर जान नसकिने बताएका छन् । 

    सीमित पत्रकारहरूसँग अनौपचारिक कुराकानीका क्रममा उनले नेकपा माओवादी केन्द्रसँग एकता गर्नु पूर्वको एमाले जस्तो थियो, अहिले पनि त्यही हुनुपर्ने समेत दावी गरेका छन् ।

    नेता नेपालले आफूले अर्को धार बनाएपनि कसरी जाने भन्नेबारे छलफल भइरहेको बताए । उनले आफूहरूसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, मोहन विक्रम सिंहलगायतका नेताहरू पनि जोड्न प्रयत्न गर्ने बताए । 

    नेता नेपालले सर्वोच्च अदालतले फैसला गरिसकेपछि ओलीले फोन गरेर छलफल गर्छन् होला भन्ने सोचपनि अहिलेसम्म फोन नआएको बताए । 

    उनले भने,‘म आफैं नेता भएको भए जसरी हुन्छ मिलाउँथे । उहाँले हिजो जसरी निर्णय गर्नुभयो लगभग सहमतिको बाटो बन्द भएको छ । अब साथीहरुले जिल्लादेखि माथिसम्म साथ दिन अठोट व्यक्त गरिसक्नु भएको छ  ।’

    नेता नेपालले चमत्कारै भयो भने मात्रै नत्र ओलीसँग सहकार्य नहुने दावी पनि गरे  ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १२:४१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij