Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ओलीलाई क्षेप्यास्त्र हान्न माधव नेपालले बनाए यस्तो हाईकमाण्ड, कसरी हुँदैछ अभ्यास

ओलीलाई क्षेप्यास्त्र हान्न माधव नेपालले बनाए यस्तो हाईकमाण्ड, कसरी हुँदैछ अभ्यास


  • 12.0K
    Shares

    ओलीलाई क्षेप्यास्त्र हान्न माधव नेपालले बनाए यस्तो हाईकमाण्ड, कसरी हुँदैछ अभ्यास
    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले पार्टीका समानान्तर कमिटी बनाएको छ।
     
    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपाल पक्षलाई थाहै नदिई सो समूहमा रहेका नेताहरुको जिम्मेवारी खोस्दै पदाधिकारी हटाउने, नयाँ महाधिवेशनको मिति घोषणा गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेपछि देशभर समानन्तर समिति बनाउने तयारी स्वरुप नेपाल पक्षले नेताहरुलाई प्रदेश र विभागको जिम्मेवारी तोकेको छ।
     
    आइतबार शंखमुलस्थित ए वान ए वान क्याफेमा बसेको केन्द्रीय समिति बैठकले पार्टी कामको संयोजनका लागि भन्दै नेताहरुलाई जिम्मेवारी तोकेको हो।
     
    नेपाल समूहले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूर पश्चिम प्रदेशमा भीम रावललाई पार्टी कामको संयोजन गर्ने जिम्मेवारी दिएको हो।
     
    त्यस्तै विभागतर्फ महिलाको अष्टलक्ष्मी शाक्य, प्रचारको योगेश भट्टराई, विद्यार्थीको गोकर्ण विष्ट, युवाको रघुजी पन्त र बुद्धिजीवीको संयोजन गर्ने जिम्मा प्रमेश हमाल दिइएको एक नेताले जानकारी दिए।

    प्रकाशित मिति :फाल्गुण २९ २०७७ शनिवार - १५:२९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij