Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

अंगरक्षक दिएर प्रधानमन्त्री ओलीले विप्लव लाई कज्याएपछि ‘विप्लव’को यसरी तातेछ पारो 

अंगरक्षक दिएर प्रधानमन्त्री ओलीले विप्लव लाई कज्याएपछि ‘विप्लव’को यसरी तातेछ पारो 


  • 11.3K
    Shares

    अंगरक्षक दिएर प्रधानमन्त्री ओलीले विप्लव लाई कज्याएपछि ‘विप्लव’को यसरी तातेछ पारो 
    images

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले दिएको सुरक्षाकर्मी फिर्ता गरेका छन् । आफूलाई सरकारी सुरक्षा आवश्यक नभएको भन्दै विप्लवले सुरक्षाकर्मी फिर्ता गरेको उक्त पार्टीका एक नेताले बताए ।

    प्रतिबन्ध फुकुवा भई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका नेकपाका महासचिव  विप्लवलाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १० सुरक्षाकर्मी दिएको थियो । सुरक्षाकर्मी दिए जस्तो गरेर विप्लबका गतिबिधि निगरानी गर्न ओलीले उर्दी दिएको चाल पाए पछि विप्लबले फिर्ता गरेका हुन ।  आइजीपी मार्फत विप्लब कहा गयो के गर्यो भन्ने जस्ता कुरामा ओलीले अनाबश्यक चासो राखेको विप्लब निकट श्रोतको भनाई छ। 

    सरकारले विप्लवलाई सुरक्षा थ्रेट रहेको भन्दै सुरक्षाकर्मी उपलब्ध गराएको हो । सुरक्षाकर्मीसँगै उनका लागि अगुवा गाडी पनि दिइएको थियो । 

    विप्लवले आफूसँग नेता, कार्यकर्ता र जनता भएको भन्दै सुरक्षा आवश्यक नभएको जनाएका छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लव आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

    विप्लव सरकारसँगको सहमतिपछि २१ फागुनमा सार्वजनिक भएका थिए । सुरक्षासम्बन्धी कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीको हकमा मात्रै प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा प्रबन्ध गरिन्छ । 

    कार्यविधि नै बनाएर सुरक्षाकर्मी फिर्ता बोलाएको सरकारले विप्लवको सुरक्षामा पूर्वप्रधानमन्त्रीसरह सुरक्षाफौज पठाउनुलाई अनौठो मानिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १४:२७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij