Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीलाई जालमा हाल्न प्रचण्डले थापे यस्तो पासो, प्रचण्डलाई झन् सिध्याउने यस्तो छ ओलीको दाउ 

ओलीलाई जालमा हाल्न प्रचण्डले थापे यस्तो पासो, प्रचण्डलाई झन् सिध्याउने यस्तो छ ओलीको दाउ 


  • 8.5K
    Shares

    ओलीलाई जालमा हाल्न प्रचण्डले थापे यस्तो पासो, प्रचण्डलाई झन् सिध्याउने यस्तो छ ओलीको दाउ 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारको अवस्था रहेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पर्ख र हेरको रणनीतिमा छन् । माओवादी केन्द्रले अझैपनि ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छैन ।

    ओली सरकारविरुद्ध आफै प्रधानमन्त्रीका रुपमा प्रस्तावित भई तत्कालिन नेकपाबाट अविश्वासको प्रस्ताव दायर गरिएपनि प्रचण्ड संयम भइरहनुलाई आँधी आउनु अघिको सन्नाटाका रुपमा लिइएको छ । प्रचण्डले अझैपनि ओलीलाई समर्थन दिइरहने सम्भावना न्यून छ । तैपनि, उनी किन समर्थन फिर्ता लिइरहेका छैनन् ?

    प्रचण्डले ओली सरकारविरुद्ध परिपक्व समिकरण नबनेसम्म समर्थन फिर्तामा हतारो गर्न चाहेका छैनन् । समर्थन फिर्ता लिएपछि ३० दिनभित्र ओलीले विश्वासको मत लिनुपर्छ । त्यो लिन सकेमा प्रचण्डका लागि अर्को राजनीतिक झड्का पर्न सक्छ । त्यस्तो कुनै मौका नदिने तयारीमा उनी लागेका छन् ।

    प्रचण्डले नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको समिकरण बनाउन सक्रियता देखाएका छन् । उनले काँग्रेस र जसपा नेतृत्वलाई भेटिसकेका छन् । आफूले प्रधानमन्त्री नबनेर भएपनि काँग्रेस या जसपामध्येबाट एक उम्मेदवार बनाएर जाने प्रचण्डको रणनीति बुझिएको छ । उनी कुनै हालतमा ओलीको बर्हिगमन चाहन्छन् ।

    भित्र भित्र राजनीतिक खिचडी पाकिरहँदा कुनैपनि बेला ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्छ । प्रस्ताव नआएमा प्रचण्डले समर्थन फिर्ता लिन्छन् । त्यस्तो अवस्थामा विश्वासको मत लिन ओली लाग्नेछ । त्यतिबेला उनलाई असफल बनाउने गरी वैकल्पिक रणनीतिमा समेत प्रचण्ड लागेको बुझिएको छ ।

    केही दिनकै गृहकार्यमा छापामार शैलीमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि आउन सक्छ । त्यसका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष महन्थ ठाकुरलाई मनाउन प्रचण्ड लागेका छन् । यी दुई नेता मिलेलगत्तै अकस्मात् अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ । प्रचण्डले छापामार शैलीमा ओलीलाई सत्ताबाट हटाउने रणनीति बनाइरहेका छन् । त्यसैको तयारीकालाई च्याखे थापेका प्रचण्डले ओलीलाई दिएको समर्थन फिर्ता नलिएका हुन्।

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - १३:५०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij