२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो वरियताका नेता माधवकुमार नेपालबीच बोलचाल बन्द भएको छ।
सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुट्टिएपछि पेरिसडाँडाबाट विदा भएका नेपालसँग प्रधानमन्त्री ओलीको भेटघाटको कुरा त परै जाओस् टेलिफोनसम्म पनि नभएको बताइएको छ।
उनीहरू आमने सामने पनि परेका छैनन्। प्रतिनिधि सभा बैठक २३ फागुनमा बसेका बेला पनि ओली–नेपालको संघीय संसदमा आमने सामने भेट भएन। प्रधानमन्त्री ओली केहीबेरमा नै त्यस दिन निस्किएका थिए।
२६ फागुनमा बसेको बैठकको सुरुमा नै पुगेका प्रधानमन्त्री ओली फर्किहाले, नेपाल बैठकमा सहभागी भए। सत्तारुढ एमाले र माओवादीको स्थान अलग अलग भएपछि बरिष्ठताका आधारमा नेता नेपाल एमालेको पक्षमा नै बसेका छन्। तर प्रधानमन्त्री ओली भने बैठकमा त्यति बसेका छैनन्।
पार्टी अलग भएपछि माओवादीले दुई पटकसम्म स्थायी समितिको बैठक डाके पनि एमाले अध्यक्ष र प्रधानमन्त्री ओलीले एक पटक समेत बैठक बोलाएका छैनन्।
नेता नेपालले भने आफू पक्षीय केन्द्रीय सदस्यको बैठक दुई पटक राखेका छन् भने विहीबार स्थायी समितिका सदस्यलाई बोलाएका छन्। ‘प्रधानमन्त्रीले बैठक नराखेका कारण अहिलेसम्म भेट भएको छैन, बोलचाल भएको पनि पत्तो लागेको छैन’, बालुवाटार स्रोतले भन्यो,‘२३ फागुन विहान नेपाललाई जन्म दिनको शुभकामना दिएकोसम्म थाहा छ, त्यसयता भएको छैन।’ माधव नेपाल अनेक कोण बाट ओली संग सम्बद गर्न चाहन्छन तर ओलीले उनलाई कानो कौडी भाउ दिएका छैनन्।
यो विषयलाई नेता नेपाल आफैंले पनि पुष्टि गरिसकेका छन्। सरकारलगायतका विषयमा प्रधानमन्त्री ओली मात्र नभएर उक्त पक्षका कसैले पनि आफूसँग सल्लाह नगरेको उनले बताएका थिए।
एमाले फुटाउन सक्लान् त माधव नेपाल ?
पार्टीभित्र कटु अवस्था रहेपछि कतिपयले नेपाल पक्षले एमाले विभाजन गराउन सक्ने आँकलन गरेका छन्। तर, उक्त पक्ष संसदीय दल र केन्द्रीय समितिमा पनि अल्पमतमा रहेका कारण फुट्न सक्ने अवस्था भने नरहेको बताइन्छ।
एमालेका बरिष्ठ नेता झलनाथ खनाललगायत योगेश भट्टराईको पुस्ताले पनि पार्टी अहिले विभाजनमा जान नसक्ने आँकलन गरेका छन्। खनालले त प्रधानमन्त्री ओली नेतृत्वको सरकार नै जोगाएर लिएर जाने बताइसकेका छन्।
नेपाल पक्षका कतिपय नेता कार्यकर्ता एमालेमा नै रहने भएका छन्। ओलीसँग बिमति रहे पनि आफ्नो मिहेनत एमालेमा रहेका कारणले छाड्न नसकिने त नेपालका खास मानिने उपाध्यक्ष भिम रावलले नै सार्वजनिक गरिसकेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij