२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौँ । नेकपा एमाले ब्युँतिएपछि फेरि एकैठाउँमा आइपुगेका दुई पक्षबीच विश्वासको संकट देखिन थालेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुसँग संवाद नै गर्न नचाहेको भन्दै माधव नेपाल पक्षले केन्द्रीय सदस्यहरुको बेग्लै बैठक गरेपछि संस्थापन पक्ष सशंकित भएको हो ।
बुधबार नयाँ बानेश्वरको अर्याल इन्टरनेशनल होटलमा माधव नेपाल पक्षले बैठक बसेर केपी ओलीले पेल्ने नीति लिएमा प्रतिवाद गर्ने र समानान्तर कमिटीको अभ्यासमा जानुपर्ने निष्कर्ष निकालेको थियो ।
माधव नेपाल पक्षको भेलाबाट संस्थापन पक्ष भने सतर्क बनेको छ । हिजो ओलीलाई कारवाहीको घोषणा गरेर प्रचण्ड पक्षमा लागेका नेताहरु आज पुनः एमालेभित्र सोही खेलमा लाग्ने आशंका हुन थालेको ओली निकट नेताहरुले बताउन थालेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एमाले व्युँतिएको ५ दिन पुगिसक्दा पनि माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसँग संवाद नगरेका कारण नेपाल पक्ष सशंकित छ । के प्रधानमन्त्रीले माधव नेपाल पक्षलाई विश्वासमा लिएर जान नखोजेको हो रु
पुनःस्थापित नेकपा एमाले अहिले पनि अदालतबाट बदर भएको विभाजित नेकपाकै अवस्थामा छन् । प्रधामन्त्रीका सल्लाहकार समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य डा।राजन भट्टराईले हिजो केपी ओलीका सन्दर्भमा प्रचण्डसँग मिलेर गरेका कारवाही र मान्यताहरुको विषयमा माधव नेपाल पक्ष पहिले प्रष्ट हुनुपर्ने बताएका छन् ।
डा।भट्टराईले नेपाल कुरा गर्दैै एमाले ब्यँतिएपछि पनि पेरिसडाँडामा माओवादी केन्द्रसँगै स्थायी कमिटी बैठक गरेर छुट्टिने, माओवादी नेताहरुले ४० प्रशित पुर्याएर नेपाल पक्ष पुनः एमालेबाट फर्किने जस्तो अभिव्यक्ति दिएको सन्दर्भमा धेरै कुरा प्रष्ट हुन बाँकी रहेको बताए । उनका अनुसार प्रचण्ड संग सल्लाह गरेर पार्टी फुटाउन माधव नेपाल ४० प्रतिशत पुर्याउन एमालेमा आएका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij