Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

रास्वपा सभापति रवि लामिछाने आज कतार जाँदै

रास्वपा सभापति रवि लामिछाने आज कतार जाँदै


  • 4.9K
    Shares

    रास्वपा सभापति रवि लामिछाने आज कतार जाँदै
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार कतारतर्फ प्रस्थान गर्दैछन्। उनी बिहान साढे ९ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ जान लागेका हुन्।

    लामिछाने पार्टीको संगठन विस्तारको सिलसिलामा कतार जान लागेको बताइएको छ। उनले दुई दिनको कतार बसाइको क्रममा संगठन निर्माण र विस्तारका लागि त्यहाँ रहेका नेपालीहरुसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ। दुई दिनको कतार बसाइपछि लामिछानले त्यहीँबाट बेलायत जाने बताइएको छ। बेलायतमा पनि उनले त्यहाँ रहेका नेपालीहरुसँग अन्तर संवाद र अन्तर्क्रिया गर्ने कार्यक्रम छ।

    पछिल्लो समय रास्वपाले संगठन विस्तारलाई तीव्रता दिएको छ। यही क्रममा लामिछानेले देश तथा विदेश दौडाहा गरिरहेका छन्। उनी केही दिनअघि मात्र मलेसिया पुगेर फर्किएका थिए।

    प्रकाशित मिति :मंसिर २१ २०८० बिहिवार - ०८:५०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij