Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीलाई दिएको समर्थन फिर्ता लिने साईत ज्योतिषीले नजुराएपछि प्रचण्ड चुप लागे !

ओलीलाई दिएको समर्थन फिर्ता लिने साईत ज्योतिषीले नजुराएपछि प्रचण्ड चुप लागे !


  • 6.4K
    Shares

    ओलीलाई दिएको समर्थन फिर्ता लिने साईत ज्योतिषीले नजुराएपछि प्रचण्ड चुप लागे !

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् ।

    मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

    प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा.बाबुराम भट्टराईसँग वार्ता गरेका थिए ।  त्यस्तै बुधबारको बैठकमा चैत्र १ गते बस्ने केन्द्रीय समिति बैठक र २ गते हुने भेला प्रशिक्षणमा सहभागी हुने नेता कार्यकर्ताको मापदण्ड तय गरेको छ । 

    त्यस्तै बैठकले संगठनलाई मूर्त रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ ।  कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन् ।  प्रवक्ता श्रेष्ठले सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता गर्न कुनै ज्योतिषीले मिति नदिएको भन्दै त्यसबारे पार्टीले निर्णय पछि गर्ने जानकारी दिए ।  त्यस्तै माओवादी केन्द्रले यो संसद अबको २ वर्ष टिक्नुपर्ने भन्दै अन्य दलसँगको छलफल जारी राखेको जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १३:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij