Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल विजयी, यस्तो छ विजयी पदाधिकारीहरुको मत (सूचीसहित)

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल विजयी, यस्तो छ विजयी पदाधिकारीहरुको मत (सूचीसहित)


  • 3.0K
    Shares

    एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल विजयी, यस्तो छ विजयी पदाधिकारीहरुको मत (सूचीसहित)

    नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनबाट रामेछापका कैलाश ढुंगेल विजयी भएका छन्।

    एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतसहितको समर्थन मिलेका ढुंगेलले मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गरेका हुन्।

    अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत ल्याए भने पराजित भएका दाहालले ४३९ मतमा चित्त बुझाए। अध्यक्ष ओलीको चाहना अनुसार सर्वसम्मत गराउने प्रयास विफल भएपछि शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मतदान भएको थियो।

    त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् ।  सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् । उनले ६१५ मत प्राप्त गरेका छन् भने  महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् । त्यस्तै पुरुष तर्फको उपसचिवमा  प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन् ।

    प्रकाशित मिति :आश्विन १३ २०८० शनिवार - ०५:२९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij