२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । एमसीसी कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी प्रर्दशन गर्ने भएको छ ।
संसदबाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमा समेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेसम्म नेपालमा एमसीसी कार्यान्वय हुन नदिन चेतावनी दिएको छ ।
‘एमसीसी राष्ट्रघाती छ । संसदले व्याख्यात्मक टिप्पणीसहित एमसीसी कार्यान्वयन गर्ने भनेर १२ बुँदे सम्झौता परित गरेको छ । २ वर्ष वित्न लाग्दा समेत अमेरिकाले कुनै धारणा सार्वजनिक गरेको छैन’, नेकपाका नेता, ‘अनिल शर्मा विरहीले भने, ‘कम्तिमा पनि १२ बुँदे सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा अमेरिकाको आधिकारिक धारणा नआएसम्म कार्यान्वयन हुन दिँदैनौं ।’
विरहीले बिहान ११ बजे एसीए नेपालको कार्यालय घेराउ गर्ने जानकारी दिए । ७७ जिल्लामा सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । सोमबार यसै विषयमा अन्तरक्रिया गर्दैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij