Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु


  • 2.2K
    Shares

    प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु

    काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि परेका उजुरीमाथि उजुरीकर्तासँगको छलफल सकेर सुनुवाइ सुरु भएको छ ।  

    सिंहदरवारस्थित संसदीय समितिको हलमा उजुरीकर्तासँगको छलफललगत्तै सुनुवाइ सुरु भएको हो ।

    श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् ।  छलफलमा भाग लिँदै सांसद शान्तिकुमार तिमिल्सिनाले कार्यविधिको उल्लङ्घन गरेर श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै कानुन सबैले पालना गर्नुपर्ने बताए ।

    त्यस्तै सांसद देवेन्द्र दाहालले कानुनी हिसाबले नै सच्याउन जरुरी रहेको बताए । कांग्रेस सांसद रमेश लेखकले सिफारिसबारे सैद्धान्तिक प्रश्न उठेको भन्दै त्यसमा ध्यानाकर्षण भएपनि प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्न ठिक हुने बताए  ।

    त्यस्तै अर्का सांसद जीवन परियारले संवैधानिक परिषद पूर्ण सदस्य रहेर त्यसले सर्वसम्मत निर्णय गरे कानुनसम्मत हुने बताए ।  सांसद प्रकाश अधिकारीले जस्तो सिफारिस आयो त्यसलाई ठप्पा लगाउने काम समितिको नभएको बताए ।

    छलफलपछि समितिका सभापति पशुपतिशमशेर राणाले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समितिमा उपस्थित भएर जवाफ दिने व्यवस्था मिलाउन निर्देशन दिए । त्यसपछि श्रेष्ठले समितिको बैठकमा न्यायपालिका सुधारका कार्य योजना पेश गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - ११:४०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij