Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

जेनजी आन्दोलनः कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

जेनजी आन्दोलनः कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन


  • 113
    Shares

    जेनजी आन्दोलनः कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

    काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाएको छ । 

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएको विषय बाहिर आइसकेको छैन । 

    असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।

    आयोगले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनाबारे १५० जना भन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरुसँग बयान लिएको थियो । 

    जेनजी आन्दोलन हुँदा केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । त्यसबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रजिअ छविलाल रिजाल थिए ।

    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - १२:२३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij