२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार जगदीश खरेल फराकिलो मतान्तरले विजयी भएका छन् । आइतबार (फागुन २४) बिहान सार्वजनिक अन्तिम मत परिणाममा ३९ हजार ४९१ मत प्राप्त गर्दै खरेल सांसद निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत ल्याए । उनीहरूबीचको मतान्तर ३२ हजार ७१ रह्यो । खरेलले महर्जनलाई पाँच गुणाभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
तेस्रो स्थानमा रहेका उज्यालो नेपाल पार्टीका उमेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत पाए । नेकपा ९एमाले०का उमेदवार प्रेमबहादुर महर्जन चार हजार ५३६ मतसहित चौथो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij