Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कोशीमा बहुमतको नयाँ सरकार गठनका लागि सभामुख बाबुराम गौतमले राजीनामा दिँदै

कोशीमा बहुमतको नयाँ सरकार गठनका लागि सभामुख बाबुराम गौतमले राजीनामा दिँदै


  • 2.9K
    Shares

    कोशीमा बहुमतको नयाँ सरकार गठनका लागि सभामुख बाबुराम  गौतमले राजीनामा दिँदै

    कोशी प्रदेशमा सभामुखको राजीनामा गराएर पुनः गठबन्धनले नयाँ सरकारका लागि दाबी पेस गर्ने भएको छ। नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ। 

    त्यसअघि कोशीका सभामुख बाबुराम गौतमले राजीनामा दिने नेकपा माओवादीका केन्द्रका सांसद दुर्गा चापागाईंले जानकारी दिए। त्यसपछि समयसीमा अघि नै मुख्यमन्त्री पदका लागि गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको छ। 

    यसअघि सभामुखसमेतको हस्ताक्षर प्रयोग गरी बहुमत पुर्‍याएर गठबन्धनले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाएको थियो। तर एमालेले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको नियुक्ति असंवैधानिक ठहर गरेपछि त्यहाँ पुनः नयाँ सरकार गठनको आह्वान भएको हो। 

    यसपटक पनि गठबन्धनले थापालाई नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने सम्भावना छ। 

    प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रकाका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएकाले बहुमत ४७ सांसद पुर्‍याउन गठबन्धनले सभामुखलाई राजीनामा दिन लगाउने भएको हो।

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - १०:४८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij