Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

रुपन्देही जिल्लामा ५ पूर्वमन्त्री चुनाव मैदानमा

रुपन्देही जिल्लामा ५ पूर्वमन्त्री चुनाव मैदानमा


  • 400
    Shares

    रुपन्देही जिल्लामा ५ पूर्वमन्त्री चुनाव मैदानमा

    काठमाडौं । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा रुपन्देही जिल्लाबाट ५ जना पूर्वमन्त्री उम्मेदवार बनेका छन् । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा क्षेत्र नम्बर २, ४ र ५ मा गरी तीन निर्वाचन क्षेत्रमा ५ पूर्वमन्त्री चुनाव मैदानमा उत्रिएका हुन् ।

    क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेल उम्मेदवार छन् । पौडेलले २०६४ सालदेखि लगातार जित्दै आएको यो क्षेत्रमा नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल, रास्वपाका सुलभ खरेल, नेकपाका विश्वदीप (शुभास) पाण्डेय पनि उम्मेदवार रहेका छन् ।

    रुपन्देही क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार बनेका छन् । उनले सो क्षेत्रमा नेपाली कांग्रेसका आशुतोष मिश्र, जनमत पार्टीका भूपेन्द्र यादव, रास्वपाका कन्हैया बानियाँसँग प्रतिस्पर्धा गर्नेछन् ।

    रुपन्देही क्षेत्र नम्बर ५ मा तीन जना पूर्वमन्त्री चुनाव मैदान छन् । यहाँ कांग्रेसबाट पूर्वराज्यमन्त्री भरत कुमार शाह, जनमत पार्टीबाट पूर्वराज्यमन्त्री ओम प्रकाश यादव र नेकपाबाट पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान उम्मेदवार छन् । 

     

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १४:०१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij