Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माेरङ-६ मा लालबाबु पण्डित एमालेको चुनावी कमान्डर

माेरङ-६ मा लालबाबु पण्डित एमालेको चुनावी कमान्डर


  • 540
    Shares

    माेरङ-६ मा लालबाबु पण्डित एमालेको चुनावी कमान्डर

    काठमाडौं । नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ६ मा पूर्वसांसद लालबाबु पण्डितलाई कमान्डर तोकेको छ। एमालेको क्षेत्रीय कमिटी बैठकले ५०१ सदस्यीय कमिटी गठन गर्दै पण्डितलाई चुनावी कमान्डरको जिम्मेवारी सुम्पेको हो।

    कमिटीमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यका साथै महानगरपालिका, नगरपालिका र गाउँपालिका कमिटीका प्रतिनिधिलाई पनि समेटिएको एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिएका छन्। 

    ​निर्वाचन परिचालन कमिटीले अब क्षेत्र नम्बर ६ का विराटनगर महानगरपालिका, सुन्दरहरैँचा नगरपालिका र बुढीगंगा गाउँपालिकाका २० वटा वडामा केन्द्रित भएर चुनावी प्रचारप्रसार अभियान सञ्चालन गर्ने योजना बनाएको छ। 

    कुल १ लाख ३७ हजार ८३२ मतदाता रहेको यस क्षेत्रमा निर्वाचनका लागि ३९ मतदान स्थल र १४९ मतदान केन्द्र तोकिएका छन्।

     

     

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १२:१७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij