२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं-तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् । उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् ।
उनले कामको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने उनको भनाइ छ ।
करिब ७१ किलोमिटर लामो यो द्रुतमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापन र निगरानीमा भइरहेको छ । २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि आयोजनाले नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहणजस्ता विभिन्न समस्या झेल्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij