२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । चर्चित गायक प्रकाश सपुत राजनीतिमा सक्रिय हुने भएका छन् ।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस मार्फत आफ्ना योजनाबारे जानकारी दिएका छन् ।
सपुतले आफ्ना समर्थक दर्शक र स्रोताको भावनालाई सम्मान गर्दै, व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले लेखेका छन्, “नयाँ समय र नयाँ आन्दोलनलाई सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापना गर्न खुलेर सहभागिता जनाउने निर्णय गरेको छु ।”
व्यावसायिक र पेशागत हिसाबले यो आफ्नो जीवनकै कठिन निर्णय भएको उनले बताए। “मेरो यो निर्णय गलत साबित हुने छैन भन्नेमा विश्वास छ। कुनै एक दलसँग आबद्ध भएको भन्दै दर्शक–स्रोताको मन दुख्न सक्छ, तर हामीले हाम्रो काम र इमानले उनीहरूको विश्वास जित्नेछौँ । अन्ततः देशले जित्नेछ,” उनले भने ।
सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक बन्दसूचीमा समावेश छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij