२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा-१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आजदेखि घरदैलो अभियान सुरु गर्ने भएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्ने बताएका हुन् ।
उनले भनेका छन्, आजदेखि गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दैछु, यो यात्रा कुनै पदको चाहनाले होइन, यो गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीले सुरु गरेको हो, वीरहरूको भूमि गोरखाले दिएको पहिचान, इतिहास र संस्कारलाई सम्मान गर्दै म तपाईंहरूसामु आएको हुँ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij