Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

‘हेर्दै जानुहोला अरू भ्रष्टाचारका फाइल खुल्नेवाला छन्’ : प्रधानमन्त्री

‘हेर्दै जानुहोला अरू भ्रष्टाचारका फाइल खुल्नेवाला छन्’ : प्रधानमन्त्री


  • 2.1K
    Shares

    ‘हेर्दै जानुहोला अरू भ्रष्टाचारका फाइल खुल्नेवाला छन्’ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारी र तस्करीविरुद्धको  फाइल खुल्नेवाला क्रम नरोकिने बताएका छन् ।  आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    ‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध  फाइल खुल्नेवाला छन् । यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढनेवाला छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि यो लडाई जित्नैपर्ने भन्दै प्रचण्डले यो कुनै आवेग र राजनीतिक स्टण्ट पनि  नभएको बताए ।

    उनले लाखौ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै आउने दिनमा अरु भ्रष्टाचारका फायल खुल्दै जाने पनि बताए । उनले आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको व्याटल जितिने बताए ।

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - १४:३७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij