Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसदको अवरोध हटाउनेबारे प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

संसदको अवरोध हटाउनेबारे प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता


  • 3.0K
    Shares

    संसदको अवरोध हटाउनेबारे प्रचण्ड र ओलीबीच बालुवाटारमा  भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटावार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

    ‘दुई नेताबीच भेटवार्ता भएपनि के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन’, प्रचण्डका प्रेस संयोजक सुर्यकिरणले बताए । स्रोतका अनुसार दुई नेताबीच संसदको अवरोध हटाउनेबारे कुराकानी भएको बुझिएको छ । 

    नेकपा एमालेले सय क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक सोमबारलाई तय भएको छ ।

    सोमबार पनि एमालेले बैठक अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको बुझिएको छ । तर उनीहरुबीचको संवादपछि पनि अवरुद्ध संसद खुल्ने नखुल्नेबारे नेताहरुले प्रस्ट बताइ सकेका छैनन् ।
     

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - ११:५१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij