Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राजनीतिक उद्देश्यका निम्ति हत्तपत्त मन्त्रीहरूको राजीनामा माग्नु गलत : प्रधानमन्त्री दाहाल

राजनीतिक उद्देश्यका निम्ति हत्तपत्त मन्त्रीहरूको राजीनामा माग्नु गलत : प्रधानमन्त्री दाहाल


  • 2.2K
    Shares

    राजनीतिक उद्देश्यका निम्ति हत्तपत्त मन्त्रीहरूको राजीनामा माग्नु गलत : प्रधानमन्त्री दाहाल
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय प्रधानमन्त्री, मन्त्रीहरुको राजीनामा माग्ने क्रम बढ्न थालेको भन्दै यो राम्रो संस्कार नभएको बताएका छन् ।

    इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करीलाई लिएर गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिएकोबारेको जिज्ञासामा यस्तो बताएका हुन् ।

    ‘हत्त न पत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार बसिरहेको छ यो राम्रो होइन । राजीनामा दिने भए देऊ नत्र सदन चल्दैन भन्नु राम्रो होइन’, प्रचण्डले भने ।

    उनले विमानस्थलबाट बरामद भएको सुन र पछिल्लो राजनीतिक परिस्थितिलगायतको विषयमा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग कुरा गरेर मात्र भन्न सक्ने बताए ।

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १०:१३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij