Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता


  • 2.3K
    Shares

    प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता

    काठमाडौँ ।  राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो ।

    उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् । मंगलबार नै उनले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए । सो भेटमा आपसी चासोका विषयहरुमा छलफल भएको सेनाको भनाई छ ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - ०९:२६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij