Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन, सबै गुट भत्काऔँ’ : महामन्त्री थापा

नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन, सबै गुट भत्काऔँ’ : महामन्त्री थापा


  • 2.3K
    Shares

    नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन, सबै गुट भत्काऔँ’ : महामन्त्री थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन्।

    दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि आजदेखि आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले गाली गरेर कांग्रेस अग्लो नहुने तर नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने बताए। 

    ‘अब पनि प्रश्न गर्न सकेनौँ भने गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ’, उनले भने, ‘पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ, पार्टीलाई ठीक ठाउँमा उभ्याउन सक्नुपर्छ।’ महामन्त्री थापाले गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिने बताए। पार्टीभित्र परम्परागत सोच र चिन्तन हावी भएको उनको भनाइ छ।

    ‘हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ उनले भने। नेपाली कांग्रेसलाई बदल्नै पर्ने र कांग्रेसलाई बदल्न सबै बदलिनुपर्ने उनले बताए। ‘पार्टीभित्र माथिदेखि तलसम्म भएका सबै गुट भत्काऔँ’, उनले भने, ‘पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौँ, यही हो बदलिने भनेको।’

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - ०५:०१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij