Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

रास्वपाद्वारा डेंगु रोग नियन्त्रण गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता

रास्वपाद्वारा डेंगु रोग नियन्त्रण गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता


  • 3.9K
    Shares

    रास्वपाद्वारा डेंगु रोग नियन्त्रण गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता

    काठमाडौँ । डेंगु रोगको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरि सरकारलाई निर्देशन दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गराएका छन् ।​

    डेंगु एक मानिसबाट अर्को मानिसमा सर्ने भएको र यसले महामारीका रूप लिएको खण्डमा धनजनको अपूरणीय क्षति हुन सक्ने सम्भावनालाई यस वर्षको वर्षायाम सुरु हुनु अगावै यसको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरि सरकारलाई निर्देशन दिनका लागि श्रेष्ठले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

    विश्व स्वास्थ्य संगठनले नेपाललाई डेंगु जोखिमको सूचीमा राखेको उल्लेख गर्दै पूर्व तयारी गर्नुपर्ने लगायतका विषय समावेश गरी संकल्प प्रस्ताव दर्ता गरिएको श्रेष्ठले जानकारी दिए । उनले रोग सार्ने लामखुट्टे नियन्त्रण कार्यका लागि जनस्वास्थ्य निरीक्षकहरूलाई देशभर परिचालन गर्ने, गरिब विपन्न र पिछडिएको समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिनुपर्ने बताए ।

    उनले उपचारका लागि विद्यमान अस्पतालहरूको क्षमता वृद्धि गर्नुपर्ने, रोग नियन्त्रणका स्थानीय तहहरूलाई उनीहरूको उत्तरदायित्व र जिम्मेवारी बोध गराउने कार्यक्रम ल्याउन माग गरेका छन् ।

     

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १६:२४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij