Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

विप्लव माथिको प्रतिबन्ध हटाउदै ओली सरकार, भोलि नै वार्ताको तयारी

विप्लव माथिको प्रतिबन्ध हटाउदै ओली सरकार, भोलि नै वार्ताको तयारी


  • 15.9K
    Shares

    विप्लव माथिको प्रतिबन्ध हटाउदै ओली सरकार,  भोलि नै वार्ताको तयारी
    images

    नेपाल सरकारले विप्लव समूहको नेकपा माओवादीमाथि लगाइएको प्रतिबन्ध भोलि हटाउने भएको छ । भोलि बस्ने मन्त्रिपरिषदको बैठकले सो समूहमाथिको प्रतिबन्ध हटाउने भएको बालुवाटार समाचार स्रोतले जनायो । 

    समाचार स्रोतका अनुसार सो समूहसँग वार्ता गर्न भोलि नै सरकारी वार्ता समिति गठन हुने पनि बताइएको छ । प्रधानमन्त्री केपी ओलीले हालै विप्लव माओवादीलाई वार्ताको टेबलमा ल्याइने बताउनुभएको थियो । 

    सरकारको यही निर्णय बमोजिम नै हालैमात्र मन्त्री मणि थापाले सो माओवादी समूहका नेता हेमन्तप्रकाश ओलीसँग नख्खु कारागारमै पुगेर भेट गर्नुभएको थियो । सोही बमोजिम सरकारले तयारी थालेपछि उक्त माओवादी समूहका नेता नेत्रविक्रम चन्द विप्लवले हिजोमात्र विज्ञप्ति प्रकाशन गरेर आफूहरु वार्तामा आउने बताउनुभएको थियो । 

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - २०:३७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij