Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

तीन जलविद्युत कम्पनीको आईपीओ भर्ने भोलि अन्तिम दिन

तीन जलविद्युत कम्पनीको आईपीओ भर्ने भोलि अन्तिम दिन


  • 1.8K
    Shares

    तीन जलविद्युत कम्पनीको आईपीओ भर्ने भोलि अन्तिम दिन
    images

    काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक बजारमा विक्रीमा रहेको तीन जलविद्युत कम्पनीको आईपीओे खरीद गर्ने फागुन २५ गते अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा डोल्टी पावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट र मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ फागुन २५ गतेसम्म मात्र विक्रीमा रहने भएको हो ।  

    डोल्टी पावर र भूगोल इनर्जीले फागुन ८ गतेदेखि र मेन्यिाम हाइड्रोपावरले फागुन १० गतेदेखि पहिलो चरणको आईपीओ जारी गरेका हुन । पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीमा यी कम्पनीहरूले आईपीओ निष्कासन गरेका हुन । आयोजना प्रभावित स्थानीयमा पनि आईपीओ विक्री छिटो अवधि फागुन २५ गतेसम्मलाई तोकिएको छ । स्थानीयमा सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि डोल्टी पावर र भूगोल इनर्जीको लागि चैत ७ गते, मेन्छियाम हाइड्रोपावरको लागि चैत ९ गते तोकिएको छ । 

    डोल्टी पावरले आयोजना प्रभावित स्थानीयमा ५ लाख ३६ हजार ४८६ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर जारी गरेको हो । त्यस्तै भूगोल इनर्जीले आयोजना प्रभावित स्थानीयमा ५ लाख ४४ हजार ५३ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर जारी गरेको हो ।

    मेन्छियाम हाइड्रोपावरले भने आयोजना प्रभावित स्थानीयमा ५ लाख ४२ हजार ५८३ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ५१७ कित्ता आईपीओ जारी गरेको हो । तीन वटै कम्पनीको आईपीओ विक्री प्रब्न्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १२:४२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij