Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

खल्ती ट्रान्स्फर लिग अफर सार्वजनिक, बम्परमा बाइक पुरष्कार जित्ने मौका

खल्ती ट्रान्स्फर लिग अफर सार्वजनिक, बम्परमा बाइक पुरष्कार जित्ने मौका


  • 211
    Shares

    खल्ती ट्रान्स्फर लिग अफर सार्वजनिक, बम्परमा बाइक पुरष्कार जित्ने मौका
    images

    काठमाडौं । आइएमई खल्ती लिमिटेडले खल्ती ट्रान्स्फर लिग नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

    अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ गते देखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधी रहेको र क्रिकेटको खेल सरह यस अफरको विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ । 

    खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर कारोवार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक, साप्तहिक र बम्पर पुरष्कार जित्नेछन् ।

    खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन, खल्ती एसको प्रयोग गर्दा २ रन, खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने, र यि रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएल को टिकट, ५० रनमा हरेक हप्ता सि एम एफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन१६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिन्छ ।

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १२:१२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij