२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रम रोक्न उनीहरु धर्नामा बसेका हुन् ।
एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणासहित र्यालीको आयोजना गर्दैछ । त्यसलाई रोक्न जेनजी घाइते सडकमा आएपछि त्यहाँ सुरक्षा सतर्कता बढाइएको छ ।
धर्नामा बसेका जेनजी घाइतेहरूले आफूहरूको न्यायका लडाइ जारी रहेको जनाएका छन् ।जेनजीको माग पूरा भएको खै, कारबाही खै, छानबिन आयोग कहाँ गयो भन्ने प्लाइकार्ड सहित प्रदर्शन गरेका छन् ।




© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij