२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रवार मध्यान्ह फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
फोर्सले काठमाडौंको सामाखुशी र ललितपुरको जावलाखेलबाट ¥याली शुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ । शुक्रवार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रिय कमाण्ड घोषणा गरिनेछ ।
फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ । जसका लागि काठमाडौंका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ । एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘जेनजीको नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ, जेनजीहरूसँग हामी सम्पर्कमै छौं । तर उनीहरूका नाम र ब्यानर भजाएर अरु खालका तत्वहरू सक्रिय रहेको छन् ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij