Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

नेप्से र कारोबार रकम दुबै सामान्य घट्यो

नेप्से र कारोबार रकम दुबै सामान्य घट्यो


  • 218
    Shares

    नेप्से र कारोबार रकम दुबै सामान्य घट्यो
    images

    काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.९८ अंकले घटेर २,५६१ को विन्दुमा कायम भएको छ । 

    आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३८ कम्पनीको ८३ करोड ८८ लाख ३७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ । त्यस्तै उत्पादन तथा प्रशोधन ०.४२ र व्यापार ०.३२ प्रतिशत बढेको छ ।

    विकास बैंक समूह सबैभन्दा धेरै १.०९ प्रतिशत घटेको छ । बैंकिङ ०.१६, फाइनान्स ०.६८, हाइड्रोपावर ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.५७ तथा अन्य समूह ०.४७ प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको २७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ  भने साहस उर्जाको १९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    3.JPG

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १५:३०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij