Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै


  • 757
    Shares

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै

    काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १७ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा मंसिर २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सीकेमा अपराह्न १२ः३० बजेबाट सुरु हुने भएको छ।

    सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

    सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरको ढोका पनि खुला गर्नेछ। उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेका चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

    सभा र लाभांश प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्। 

     

     

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १३:०५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij