Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता


  • 2.5K
    Shares

    प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

    प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ । 

    सचिवालयका अनुसार विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ । भेटमा नेकपा प्रवक्ता प्रकाण्डसमेत थिए।

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - ११:१७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij