२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । चुनावी आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका नेताहरुलाई बोलाएको छ । बैशाख १७ र २७ गते हुने चुनावका लागि आयोगले आचारसंहितामाथि दलका नेताहरुसँग छलफल गर्न लागेको हो ।
आज (आइतबार) बिहान ११ बजे निर्वाचन आयोग कार्यालयमा हुने छलफलमा सबै दलका अध्यक्ष, सभापति तथा प्रतिनिधिहरुलाई बोलाइएको प्रवक्ता राज कुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन आचारसंहिताको मस्यौदा तयार भइसकेको र दलका नेताहरुको सुझाव लिएर छिट्टै जारी गरिने प्रवक्ता श्रेष्ठको भनाई छ ।
आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको छ । निर्वाचन आयोगले चुनावलाई मितव्ययी, पारदर्शी बनाउन तयार पारेको मस्यौदामा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने उल्लेख छ ।
निर्वाचन खर्चसम्बन्धी आचारसंहितामा दलको विधानबमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने आयोगको प्रस्ताव छ । त्यस्तै, पाँच हजारभन्दा बढी चन्दा लिनुपर्ने भए बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने गरी आयोगले मस्यौदा बनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij