२०८२ फाल्गुण २४ गते आइतवार
नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निस्कासन गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको हो।
एमाले प्रदेश १ को कमिटीले उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो। पार्टीको नीति विपरित गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको हो। केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई अतिथि बनाएर प्रसाईंले एक कार्यक्रम राखेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij