Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यस्तो छ चितवन-२ मा हुने उपनिर्वाचनको कार्यतालिका

यस्तो छ चितवन-२ मा हुने उपनिर्वाचनको कार्यतालिका


  • 2.4K
    Shares

    यस्तो छ चितवन-२ मा हुने उपनिर्वाचनको कार्यतालिका

    चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए।

    गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो। त्यसपछि आयोगले उपनिर्वाचन मिति तोकेको हो।

    आयोगका अनुसार वैशाख १० गते हुने चुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ। चैत २१ गते उम्मेदवारबारे दाबी विरोध गर्न पाइनेछ। त्यस्ता दाबी विरोधमाथि अनुसन्धान गरी निर्णय दिने दिन २२ गतेलाई तोकिएको छ।

    २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ।

     

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - ११:२२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij