२०८२ भाद्र २ गते सोमवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा समाजवादी मोर्चा बनाउन सहमत भएका छन् ।
आइतबार साँझ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका दुई नेता माओवादी धाराका शक्तिबीच सहकार्य गरेर अघि बढ्न तयार भएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताए । ‘नेकपाका दुई नेता र प्रधानमन्त्रीबीच आज बालुवाटारमा राजनीतिक छलफल भयो, माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता मनन गर्दै तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्ने कुरा भएको छ’ महराले भने, ‘एकता गर्नेगरी कुरा भएको छ। एकताको आधार बिस्तारै बनाउँदै जान्छौं।’
माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएको जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij