२०८२ भाद्र २ गते सोमवार
नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले नेकपा विवादलाई लिएर ‘लक्षण राम्रो नदेखाएको’ टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले आयोगलाई धम्क्याएको आरोप पनि लगाए ।
‘मैले धेरै कुरा के भन्नु, झन् कुरा बिग्रिएला’ राजधानीमा आयोजित जनसभामा प्रचण्डले भने, ‘तर, आयोगले राम्रो लक्षण देखाएको छैन है ! केपीले अदालतलाई धम्क्याएका छन् । आयोग उनको काइते कुराको पछि नलाग, धम्कीसँग खुट्टा नकमाउ ।’
उनले धेरैलाई कुर्सीकै लागि आफूहरुले आन्दोलन गरेको भान परेको भन्दै त्यो गलत भएको स्पष्टीकरण दिए ।
‘हामीलाई चाहिएको छैन कुर्सी’ उनले भने, ‘तपाईंहरू भ्रममा नपर्नुस् ।’
‘७० प्रतिशत केन्द्रीय समिति एकतिर हुँदाहुँदै, हामीले सुरुमै गएर हामी हो हामी हो पार्टी हो भनेको हो। त्यसलाई हिसाब नगर्ने, केपी ओलीले गएर धम्क्याउनेबित्तिकै त्यसको हिसाब गर्ने गर्नुभयो भने तपाईंको खुट्टी पनि देख्छ नेपाली जनताले’, उनले भने। उनले सजिलो नठान्न र नेपाली जनतालाई हेप्ने गल्ती नगर्न चेतावनी समेत दिए।
उनले ढाई सय वर्ष पुरानो सामन्ती सत्ता फाल्ने केपी ओली नभइ आफूहरुको टिम भएको बताए।
उनले संवैधानिक निकायमा गएका व्यक्तिले खेलाची ठाने देश र जनताले दुःख पाउने बताए।
‘खेलाची कसैले नठाने हुन्छ, संवैधानिक निकायमा पुगेका जनताले खेलाची ठाने भने देश र जनताले दुःख पाउछन्’, उनले भने, ‘जनतालाई र देशलाई दुःख दिने गल्ती कसैले पनि गर्नुहुँदैन।’
उनले आफूले अपमान नगरेको र आफूलाई अदालतप्रति भरोसा भएको बताए। उनले निर्वाचन आयोगलाई पनि काइते कुरा नगर्न र खुट्टा नकमाउन आग्रह गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij